वि.स. २०७५ सालमा दर्ता भएको नेपाल पूँजीबजार लगानीकर्ता संघ शेयर बजार विकास र विस्तार निमित्त खुलेको सस्था हो । राधा पोखरेल अध्ययक्ष रहेको यस संघले लगानीकर्ताको जायज माग बोक्दै सम्बन्धीत निकायमा पुग्ने देखि लगानीकर्तालाई सचेत गराउन अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । अध्यक्ष पोखरेलका अनुसार नेपाल पुँजीबजार लगानीकर्ता संघको ७७ जिल्लामा नै सक्रिय सदस्य कार्यरत छन् ।
कोरोना भाइरस संक्रमणको त्रासले देश अहिले लकडाउनमा छ । शेयर बजार मात्र होइन देश नै बन्द जस्तै छ । आर्थिक क्रियाकलापहरु ठप्प छन् । राज्यले जनतालाई घरबाट बाहिर नआउँन आग्रह गरेको छ । कोरोना भाइरस राज्य एक्लैले मात्र चाहेर रोक्न सकिने होइन । सबै नागरिकले आफ्नो आफ्नो ठाउँबाट सहयोग गरेमा देशलाई कोरोनाको प्रकोपले छुन सक्दैन । अहिलेको लकडाउन र कोरोना भाइरसको संक्रमणमा केन्द्रित हुँदै हामीले नेपाल पुँजी बजार लगानीकर्ता संघका सदस्यहरुलाई लकडाउनको समयलाई कसरी सदुपयोग गरिराख्नु भएको छ भनेर प्रश्न गरेको थियौ ।
राधा पोखरेल, अध्यक्ष : युद्ध होस् वा प्राकृतिक प्रकोप, हरेक संकटबाट उम्किन युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । विश्व स्वास्थ्य संगठनले ६० वर्ष माथिका र दीर्घरोगी उच्च जोखिममा रहने बताए पछि कोभिड–१९ विरुद्धको लडाइँमा अहिलेसम्म म पनि ‘आत्मसमर्पण’ गर्न बाध्य छु ।
देशको यस बिषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा फिल्डमा उत्रेर धेरै गर्न चाहन्थेँ । भाइरस संक्रमणको त्रासका कारण निवासमै ‘बन्धक’ जस्तै बनेको छु । उच्च जोखिममा रहने भएकाले “ सचेतना अभियान’ को नेतृत्व गर्न सकिरहेका छैनौं । अहिले घरबाहिर निस्कने अवस्था छैन । सामाजिक सञ्जाल हेर्ने, सचेतनाका लागि लेख्ने, यो वेला आफू पनि कोरोनाको संक्रमणबाट बच्ने र अरूलाई पनि संक्रमणबाट बच्न साथीहरूलाई सामाजिक सञ्जालमार्फत आग्रह गर्ने, म्यासेज पठाउने र सुरक्षित हिसाबले बस्न साथीहरूलाई आग्रह गरिरहेको छु । बिहान बेलुका नर्सरी र करेसाबारीमा आफूलाई व्यस्त राख्ने गर्छु । घरको सरसफाइमा पनि लाग्छु ।
म आफुलाई गरिब दु:खी निमुखाको लागि सदैव आवाज उठाउँने समाजसेवी अभियान्ता त्यसैले यो समयमा मजदुरी गरि खानेलाई प्रत्यक्ष रुपमा सहयोग पुगोस भन्ने हिसाबले ५५ हजार ५ सय ५५रुपैयाँ सहयोग दिएकी छु । नेपाल पुँजीबजार लगानीकर्ता संघका साथिहरुबाट पनि रकम उठाएर दैनिक ज्याला मजदुरीको भरमा बाँचिरहेका परिवारको पहिचान गरि उनीहरूलाई बाँच्न चाहिने न्यूनतम सहयोग उपलब्ध गराऊनको लाकि कोष खडा गर्दैछौं ।
यस संस्थाले बजार बाहेकका अन्य सामाजिक उत्तरदाइत्वको बिषयमा पनि संवेदनशिल रहेको छ । बारा र पर्सामा गत फाल्गुणमा आएको आँधि हुरीले धनजनको ठुलो क्षति गराएको थियो । त्यस बिपत्ति लगतै फाल्गुण २३ गते संघकै सक्रियतामा स्थाननिय निकायको समानव्यमा पिडित परिवारलाई १ लाख बराबरको राहत बितरण गरेको थियो ।
घरबाटै साथिहरुको बाध्यतालाई मध्यनजर गर्दै छलफल गरि मन्त्रालय, नेप्से धितोपत्र बोर्डसँग पनि छलफल गरी साथिहरुलाई सामाजिक संजालबाट अबगत गराइरहेको हुन्छु र सयम सान्दर्भिक लेख पनि लेख्ने गर्या छु । आँखामा जापान, सत्मार्ग, गुुलाबी उमेर, प्रतिरोध, संस्कृति समीक्षा र सौन्दर्य, २१ औं शताब्दीका प्रमिथसहरु सकेर अब नयाँ पुस्तकहरु पढ्न लाग्दैछु ।
कोरोना भाइरससँग लडिरहेका आम नेपालीहरुलाई सुरक्षा र सतर्कता अपनाउन आग्रह गर्दछु । आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै सरकारलाई सहयोगलाई सहयोग गरौं । उखानै छ नि “ अनिकालमा बिऊ जोगाउँनु, महामारीमा जिऊ”। राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । र अभिभावकत्व ग्रहण गर्नु हरेक नागकिकको कर्तव्य हो ।
‘आफू बचौँ र अरुलाई बचाऔँ’ ।
अझै पनि लकडाउनको समय बढ्न सक्ने अबस्था देखिएको छ । देश यस्तो विषम परिस्थितिमा अल्झिरहेको बेला दैनिक ज्यालामजदुरीको भरमा बाँचिरहेका परिवारलाई बिहान बेलुकाको छाक टार्न मुस्किल भएको छ । कहिले शीतलहरले, कहिले भुकम्पले, कहिले आँधी हुरी त कहिल्यै झाडा पखालाले दिनदिनै ज्यान गुमाइरहेका ती निरपेक्ष गरिबीको रेखामुनि बाँच्न बिबश पीडितहरुको सहयोगको लागी अपिल गर्दछु । साथै नाकामा अलपत्र नेपालीहरुको उद्धारको लागि सरकारसँग हार्दिक अपिल गर्दछु ।
आज हाम्रो मातृभूमि पनि संकटमा पर्दै गइरहेको छ । यतिबेला हाम्रो राष्ट्रलाई हाम्रो जरुरत परेको छ। अघिपछी घरझगडा हुनु सामान्य नै हो जब शत्रुहरुले आक्रमण गर्न थाल्छन् तब घरपरीवार र भाईहरु नमिल्नुको बिकल्प हुदैन। आउनुहोस यस कठिन बेलामा सबै मिलेर अगाडि बढौं । यसर्थ कोरोना नियन्त्रण नहुन्जेल कोरोना विरुद्ध युद्धको घोषणा गरेर सरकारको अगुवाइमा राजनीतिक दलहरू, नागरिक समाज, गैरसरकारी क्षेत्रलगायत सबै निकाय र क्षेत्रहरू एकताबद्ध भएर लाग्न जरुरी छ ।
सरोज उप्रेती, प्रदेश नं २ संयोजक : अहिलेको यो माहामारी विकराल स्थिति कोरोना भाईरसको कारणले विश्वनै आतंकित भई धेरै मानवले ज्यान गुमाईरहेको अवस्थामा सरकारले गरेको लकडाउन हाम्रै लागी हाम्रो जीवन सुरक्षित गर्नको लागी हो भन्ने बुझी म र आफ्नो स-परिवार पूर्ण घरमा बसी लकडाउनको पालना गर्दैछौ ।
यस्तो बिकराल परिस्थितिमा मेरो दिनचर्या टेलिभिजन हर्ने, समाचार हेर्ने, युट्युब हेर्ने तथा पुराना पढ्न बाँकी किताबहरु केहि चाखलाग्दा चलचित्र र मैले होल्ड गरेको शेयरको बारेका विस्लेषण गरेर समयको सदुपयोग गरेर बसेको अवस्थामा छु । म आफु नेपाल सरकारको कर्मचारी भएको नातालेपनि सरकारले दिएको निर्देशन पूर्णरुपमा पालना गर्नु र गराउनु पर्नेमा सबैजनामा अनुरोध गर्दछु ।
मेरो विचारमा सधै हामी बिदा कहिले हुन्छ भनेर पर्खि बसिरहेका हुन्थयौं अहिले संयोगले बिदा भनौ वा परिस्थितिले निम्त्याएको बिदामा आफ्नो बाँकी रहेको घरायसी घरमा नै बसी गर्न सक्ने कार्यहरु सबै गर्नु बेस हुनेछ होला, त्यहिँ भएर मैले लगानी गरेका कम्पनीहरुलाई विस्लेषण गरेर बसेको अवस्थामा छु । साथै अन्तमा इन्टरनेटको माध्यमबाट शेयर मार्केटसँग आवद्ध रहेको संघ संस्था तथा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल ज्यू र संघसँग आवद्ध रहनु भएको सरहरुले यस बिसम परिस्थिमा गरेको सहयोग तथा लेख पढि आफ्नो दिनचर्या बिताईरहेको छु ।
चिरन्जिवी सिँह, रौतहट जिल्ला संयोजक : यो लक डाउनमा विभिन्न पुस्तकहरु अध्ययन गर्दै छु । शेयर बजार, धार्मिक ग्रन्थहरु र म सँग भएका अन्य पुस्तकहरु अध्ययन गरिरहेको छु । दिनमा केही बेर सामाजिक सन्जालमा पनि व्यस्त हुन्छु । आफ्नो वार्डमा करोना जनचेतना सम्बन्धि Unit Action Team बनाइ जनचेतनात्मक कार्यक्रममा पनि संलग्न छु।
विष्णु ओली, मोरङ जिल्ला संयोजक : लकडाउनमा म परिवारसँग घर भित्रै बसिरहेको छु । सधै कार्य व्यस्तताको कारण परिवारका सदस्यसँग धेरै समयसँगै बिताउन पाइदैन थियो अहिले लक डाउनको बेला यसलाई अवसरको रूपमा लिएको छु । अहिले अलि बढिनै फिल्म हेर्ने गर्छु । केहि समय दैनिक पुस्तक पढेर दिन बिताइन्छ । अहिले म “ The Power of Your Subconscious Mind”, “The Magic Of Thinking big , “mindset, हाम्रो समाज एक अध्यायन, कर्ण शाक्यको “कोष र म सक्छु” आदि पुस्तक पढ्दैछु ।
लक डाउन लम्बिए अरू पनि पुस्तक पढ्दै जानेछु । सामाजिक संजालमा आउने समाचार, साथीभाईका पोस्ट पनि हेरिरहन्छु । शेयर बजार सम्बन्धी न्यूज तथा ग्रुपमा आउने पोष्टहरू हेर्ने गर्छु । विदेशमा हुने आफन्तसँग पनि अहिलेको अवस्थामा बढि नै कुराकानी हुन्छ त्यसले पनि समय कटाउन मद्दत पुर्याउँदै छ । कहिलेकाहीं चाहीँ आफ्नै शेयरको पोर्टफोलियो खोलेर हेर्छु । बजारमा चलखेल गर्ने समुहले बजार खुलेपछि बजार कुन हालतमा पुर्याउलान भन्ने चिन्ता लागिरहन्छ । यस बारेमा आफ्नो संघका प्रतिनिधिलाई सम्बन्धीत निकायमा खवरदारी गर्न सुझाव पनि दिँदै आएको छु । अहिलेको अवस्थामा लकडाउन वाध्यत्मक परिस्थिति भएकोले यसलाई सहज रूपमै लिएर घर मै बसेर समय बिताई रहेको छु ।
सन्तोष श्रेष्ठ, गण्डकी प्रदेश सह-संयोजक : अहिले भनेको अध्ययन र परिवारसँग बस्ने समय हो । शेयर बजार पनि बन्द छ। चारै तिर सुनसान छ त्यसैले घरमा बस्यो , करेसाबारीमा काम गर्यो, किताबहरु पढ्यो र टोल विकास संस्थाहरुसगँ समन्वय गरेर स्यानिटाइजर, माक्स, सिटामोल, खाद्यान्नहरु वितरण गरियो । अन्य मानिसहरुलाई कोरोना सम्बन्धी जनचेतना गराउने र आ- आफनो घरमा बस्न अनुरोध गर्ने काम गरिरहेको छु ।
मोहदत्त भुसाल, कास्कि जिल्ला संयाेजक : समाचार हेर्ने, साथीभाईहरु छिमेकीहरुलाई कोरोना सम्बन्धी जनाचेता दिने। अहिले आफ्नो पोर्टफोलियो पनि हेर्दै छु। ठूला लगानीकर्ताहरुको विस्लेषण हेरेर केही व्यवहारिक ज्ञान पनि लिने काम हुँदै छ। केही कम्पनीको वित्तीय विस्लेषण पनि गर्दै छु।
पुष्प खडायत , डडेल्धुरा जिल्ला संयाेजक: लकडाउन भएको लामो समय भयो। राज्यको सवै गतिविधि बन्दका कारणले शेयर बजार पनि बन्द छ । यो समयमा घर भित्र नै बसेर न्यूज हेर्ने, किताब पढ्ने, परिवार केटाकेटीलाई सकेसम्म धेरै समय दिँदै छु। झमक कुमारीको “फुल कि काँडा” भन्ने किताब पढे । एउटा मान्छेमा इच्छाशक्ति भयो भने जे पनि गर्न सक्छ, एउटा स्कुल पनि नपढेकी अपाङ्गता भएकी झमक कुमारी को यो किताबबाट सबै क्षेत्रमा काम गर्न इच्छाशक्तिको आवश्यकता चाईन्छ ज्ञान र प्रेण हासिल भयो । विश्व कोराना माहामारीमा लडिरहेको यो अवस्थामा हामीले पनि आ-आफ्नो ठाउँबाट सहयोग गर्नु पर्दछ। घरमै बसेर नयाँ नयाँ ज्ञान हासिल गर्न पनि सबै शेयर बजारका साथीहरूमा अनुरोध गर्दछु ।
किशोर कुमार श्रेष्ठ , ललितपुर जिल्ला संयाेजक :सबैको उहि अबस्था छ ! म यो समय शेयर , नाफा -नोक्सान भन्दा पनि मनको शान्ति र सुरक्षित कसरि रहने तिर बढि विचार गर्दै छु। सबैको कल्यानको लागि नियमित जप-ध्यान गर्छु ! प्रग्या श्री गुरु भन्तेको प्रवचन सुन्छु ! बुद्धको हिन्दी शृंखला हेर्छु । श्री कृष्णको बासुरिको धुन सुनेर केहि बेर हराउँन खोज्छु ! केहि समय विपास्ना ध्यान बसेर र हल्का फेसबूकमा नेताहरुको चर्तिकला हेरेर दिन बिताउँदैछु ।
माधव पाण्डे, प्रदेश नं ५ संयोजक : लकडाउनको समयमा सरकारको आग्रह अनुसार नै म घरमा नै बसेको छु । सरकारले लकडाउनको निर्णय समयमै गरेकोमा सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । हाल दैनिक कम्तिमा २ घण्टा करेसाबारीमा तरकारीका बिरुवा लगाउने र हुर्काउने काम गरेको छु । शेयर बजार सम्बन्धित फिल्म पनि हेरे र पर्यटन क्षेत्रका सफल व्यवसायी कर्ण शाक्यका पुस्तक पनि अहिले पढदै छु । सामाजिक संजालमाबाट देश भित्र र बाहिरको हालको अवस्थाको जानकारी पनि लिँदै आएको छु ।
सुर्य पाण्डे, प्रदेश ५ सह-संयोजक : अहिले घरमै फेसबुकबाट कोरोनको बारेमा जनचेतना गराउँदै, घरमै परिवार सित बस्ने दु:ख सुखका कुरा गर्ने घर सरसफाई र करेसाबरीमा तरकारी लगाउने। जेसिसबाट राहत दिने कार्यक्रम गर्दै छौ। र शेयरको बारेमा सिक्न चाहने साथीहरुलाई अहिले फुर्सद भएको बेलामा अनलाइन शेयरको बारेमा जानकारी दिदैँ छु ।
एकराज खनाल, सुनसरी जिल्ला संयोजक : शेयर बजार सम्बन्धी किताबहरु जस्तै “शेयर बाट करोडपति”, “आधारभूत बिस्लेषण”, “Rich dad and poor dad” आदी पढ्दै लगानीकर्ता संघ र नियमनकारी निकायका गतिविधि लगानीकर्ता साथीहरूलाई जानकारी गराउने, छोरीहरुसँग चेस खेल्ने र आफ्नो समुदायको वरपर रहेका अति विपन्न वर्ग मुसहर लाई जनचेतना र सानोतीनो आर्थिक सहयोग चामल तेल दाल तरकारी चिउरा लगायत प्रदान (करुणा समाज) संस्था मार्फत गर्दै र सहकारी अभियान्ताको नाता ले सहकारीका गतिविधि संस्था तथा सदस्य ज्युहरु लाई जानकारी गराउँदै दिन विताइरहेका छौ ।
रोहण कार्कि, झापा जिल्ला संयोजक : अहिलेको समयमा म अफिसको आन्तरिक काम गर्दै छु। त्यस्तै शेयर बजारको आधारभूत र प्राविधिक विस्लेषण सिक्दै छु।
सुभाष चन्द्र भट्टराई, प्रदेश नं १ संयोजक : शेयर बजारमा सुचिकृत कम्पनीहरुको अध्ययन गर्दै अहिलेको समय बिताईरहेको छु।
गोकर्ण ब. कार्की, बागमती प्रदेश संयोजक: हाल बिश्वभर चलिरहेको कोरना भाइरस महामारीबाट बच्न नेपाल सरकारले चैत ११ गते देखि गरेको लक डाउनका दैनिकीहरु घर भित्रै बिति रहेका छन् । यो समयमा नियमित खानपान, सरसफाइ, समाचार हेर्ने, त्यसपछि शेयर बजार सम्बन्धि फिल्म हेर्दै, शेयर सम्बन्धि लेख र यससँग सम्बन्धित अनलाईन पत्रीकाहरु अध्ययन गर्दै बितेको छ । म अरु पनि संघ सस्थामा भएको हुँदा साथीहरुसँग सम्बन्धित कुराकानी अनि म टोल सुधार सस्थाको अध्यक्ष भएको हुँदा महानगर र वडाबाट आएको राहात वितरण र टोलमा भएका गतिविधिहरुको अपडेट लिदैँ समय बितेको छ।
कुमार थापा,सुदुर पश्चिम प्रदेश संयाेजक :
अहिले शेयर बजार बन्द छ र अन्य खासै काम पनि छैन। त्यसैले अहिलेको समयमा जति सक्दो धेरै ज्ञान लिने समय हो। “बजार” र “गफला” चलचित हेरे। कर्ण साक्यले लेख्नु भएको किताब भर्खरै पढेर सकेर अहिले चाहीँ “Rich Dad Poor Dad” पढ्दै छु।
अरुण श्रिवास्तब, प्रदेश नं २ सह-संयोजक : म घरमा बसेर कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर पत्र पत्रिका हेरिरहेको हुन्छु । घरबाट बाहिर जान सक्या छैन् । आफू घर भित्र नै बसेर असल नागरिकको कर्तव्य पुरा गरेको छु।
पूर्ण पोटे श्रेष्ठ, काभ्रे जिल्ला संयोजक : यो लकडाउनमा धेरै समय सामाजिक संजाललाई दिएको छु। त्यस्तै धार्मिक ग्रन्थ वाईवल पढिरहेको छु। त्यस्तै कम्पनीहरुको आधारभूत विस्लेषण गर्दै समय बिताईरहेको छु।
लोकराज भट्ट, वैतडी जिल्ला संयोजक : सरकारको नियम मान्दै घरको कमाउण्ड भित्र बस्दै गरेको छु। घरमा टिभी हेर्ने, इन्टरनेट चलाउने, समाचार हेर्ने काम गर्दै आएको छु। विहान र वेलुकाको समय कम्पनी विस्लेषण गर्छु। त्यस्तै कोरोना भाइरसको बारेमा अपटेड हुँदै छु।
सानु बाबु पौडेल, सिन्धुली जिल्ला संयोजक: म हाल मकाउमा छु । हाल यहाँ अवस्था सामान्य नै छ। जम्मा ४१ वटा केस देखिएको छ। मानिसको भिडभाड छैन, अनि हामी सबै जसो बाहिर काममा जाँदा अनिवार्य माक्सको प्रयोग गर्ने गरेका छौ , डिउटि दैनिक चलिरहेको छ ।