IME Life New

जीवन बीमक संघको प्रस्तावः कोरोनाविरुद्ध उपचारमा खटिने स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा पुलमार्फत गरौं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल जीवन बीमक संघले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा हाल सञ्चालनमा रहेको म्यादी बीमा पुलमार्फत गर्न सकिने जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको आइतबार बसेको बैठकले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँको म्यादी जीवन बीमा गर्ने निर्णय गरेको भोलिपल्ट संघले यस्तो प्रस्ताव अघि सारेको हो । संघले सरकारले प्रस्ताव गरेमा आफूहरु तयार रहेको जनाएको हो । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले इन्स्योरेन्स खवरसँग भने, ‘विश्वभर यत्रो महामारी फैलिएको छ, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकारले गरेको निर्णयमा हामी सहकार्य गर्न तयार छौं ।’ अध्यक्ष पाण्डेले जीवन बीमा पुलमार्फत यसअघि बैदेशिक रोजगार म्यादी जीवन बीमाकै शैलीमा कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँको म्यादी जीवन बीमा गर्न सकिने बताए ।

Esewa
Crest

अध्यक्ष पाण्डेले भने, ‘सरकारले आफ्नै लगानी रहेको राष्ट्रिय बीमा कम्पनीमार्फत सिधैं बीमा गर्न पनि सक्छ, जोखिम सबैलाई वितरण गरेर कम जोखिम लिन चाहने हो भने सबै पुलमार्फत गर्दा पनि हुन्छ, त्यो पनि चित्त बुझने र प्रत्येक कम्पनीसँग छुट्टाछुट्टै बीमा गरौं भने पनि हामी तयार छौं ।’

कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बीमाको लागि पुलमार्फत सञ्चालन गर्दा सबै कम्पनीमा जोखिम बाँडिने हुँदा सबैभन्दा उत्तम हुने बीमा बिज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS