IME Life New

लकडाउन अवधिभर नेपाल लाइफको बीमा सेवा अनलाइनबाटै लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ अनलाइन सेवा संचालनमा ल्याएको छ। कम्पनीले आईतबार आफना ग्राहकहरुलाई अनलाइनबाटै सेवा प्रदान गर्न अनलाइन सेवा संचालनमा ल्याएको जनाएको छ।

यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याच्युरिटी क्लेम गर्न सक्नेछन् । जस अनुसार कम्पनीले म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।त्यस्तै, ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत बीमीतहरुले अनलाइनको माध्यमबाट नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन्।साथै, कम्पनीले आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कमी हुन नदिन लकडाउन अवधिभर ‘भरच्युअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरुलाई अनलाइन मार्फत सेवा दिइरहेको छ।

Esewa
Crest

साथै कम्पनीले बीमीतहरुलाई यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा र उपशाखाहरु मार्फत जानकारी लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS