काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५ २५ थान दिएको छ । कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको बैंकले जनाएको छ ।
शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा.केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरे । साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।