काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको चैत २१ गते हुने भनिएको चौधौं वार्षिक साधारण सभा स्थगित भएको छ ।
हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम र सरकारको निर्णय बमोजिम एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकोले साधारण सभा स्थगित गरिएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
कम्पनीले सोमवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएका हो ।