काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालको राजिनामा स्वीकृत भएको छ ।
लम्सालले घरायसी परिस्थितिले गर्दा संस्थाको सेवालाई निरन्तरता दिन असमर्थ रहेको भनि राजिनामा दिएका हुन् ।
कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले चैत २१ गतेदेखि लागू हुने गरि लम्सालको राजिनामा स्वीकृत गरेको हो ।