IME Life New

गुल्मी इन्स्योरेन्स कमिटीद्धारा मास्क तथा स्यानिटाइजर वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुल्मी । गुल्मी इन्स्योरेन्स कमिटीले गुल्मीका सर्वसाधारण लाई मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । आइतबार सदरमुकाम तम्घास स्थित बसपार्क , पेट्रोल पम्प, जिल्ला कारागार, जिल्ला ट्राफिक कार्यलय, जिल्ला प्रहरी कार्यलय, आशा अपांग केन्द्र लगायतका स्थानमा पुगी ३६ सय भन्दा बढी मास्क तथा स्यानिटाइजर वितरण गरेको हो ।

कोरोनाको संक्रमण तथा हुन सक्ने जोखिमताको विरुद्ध सचेत रहनका लागि गुल्मी इन्स्योरेन्स कमिटीले मास्क र स्यानिटाइजर बितरण गरेको कमिटीका अध्यक्ष दिपक पोखरेलले बताए । उक्त कार्यक्रममा गुल्मीस्थित १३ जीवन बीमा कम्पनी र ६ निर्जिवन बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधि , पत्रकार लगायतको सहभागिता रहेको थियो । उक्त मास्क बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले गुल्मी इन्स्योरेन्स कमिटीले गरेको यो कार्य अत्यन्तै प्रभावकारी रहेको र यस्ता खाले कार्यक्रम सबै तह र तप्काले गर्नुपर्ने बताए ।

Esewa
Crest

कमिटीले जिल्लाका सबै कार्यालयका प्रमुख , संघ सस्था ,क्लव , विभिन्न समुहहरुले पनि यस्तै सचेतना मुलक कार्यक्रम संचालन गरे अझै राम्रो हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS