Connect IPS
IME Life

जीवन बीमाको प्रिमियममा ब्याज छुट दिइने, निर्णय हुन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा सञ्चालन भइरहेका जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी नविकरण गर्दा ब्याज छुट दिने भएका छन् । कोरोनाको महामारीमा जनतालाई राहत दिन महामारी अवधीभर बीमा पोलिसी नविकरण गर्दा ब्याज छुट दिने भएका हुन् । यद्यपि सो सम्बन्धमा औपचारिक निर्णय भने हुन बाँकी छ ।

जीवन बीमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघको बैठक आजै बस्दैछ । संघले सर्वसम्मतिबाट बीमा शुल्क भुक्तानीमा विलम्वमा लाग्ने शुल्क छुट दिने निर्णय गर्ने संघका एक पदाधिकारीले बताए ।

Prabhu
Crest

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले भने बीमा शुल्कमा लाग्ने ब्याज मिनाहा दिने सम्बन्धमा सबै कम्पनीहरुको कुरा सुनेर औपचारिक रुपमा निर्णय हुने बताए । उनले यस अवधीमा बीमा कम्पनीहरु खुल्ला हुने बताए । अध्यक्ष पाण्डेले ‘बीमा कम्पनीहरु त खोल्नैपर्छ । जीवन बीमा पोलिसी धितोमा ऋण प्रवाह गर्नुपर्ने हुन्छ, बीमा दावी भुक्तानी गर्न पनि कार्यालय त खोल्नै पर्छ ।’

आजको बैठकमा कर्मचारीहरुलाई कसरी विदा दिने, विदा व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुनेछ । जीवन बीमा कम्पनीहरुले छुट्टा छुट्टै निर्णय गर्नुभन्दा सामूहिक निर्णय गरेर बीमा कम्पनी सञ्चालन गर्ने पक्षमा संघ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS