काठमाडौं । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले एकपछि अर्को निर्णय गर्दै आएको छ । जनतालाई नआत्तिन समेत आग्रह गरिरहेको सरकारले स्थल नाकाहरुमा समेत कडाइ गरिसकेको अवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई कोरोना भाईरसबाट जोगाउन १३ दिनसम्म देशलाई लकडाउन गर्ने घोषणाा गरेका छन् । कोरोना भाइरस संत्रासका कारण यही चैत्र ९ गते देखि २१ गतेसम्म देशका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने भएको छ ।
यद्यपी अत्यावश्यक सेवाभित्र बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु पनि पर्ने भएकाले यी संस्थाहरु भने बन्द नहुने नेपाल राजपत्रमा उल्लेख गरिएको छ । बैंक तथा बीमा कम्पनीहरुले भने जनतालाई सधै सेवा दिइरहनेछन् ।
तर आउँदो आइतबारदेखि सेयर कारोबार भने बन्द हुने भएको छ ।