काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा ओम कृष्ण श्रेष्ठ मनोनित भएका छन् । श्रेष्ठलाई बैंकको आगामी साधारण सभा नभएसम्मका लागि सर्वसाधारणको तर्फबाट सञ्चालकमा मनोनित गरिएको हो ।
बैंकको सञ्चालक समितिको निर्णयबाट श्रेष्ठलाई कर्मचारी सञ्चयकोषका प्रतिनिधिको रुपमा सञ्चालनमा नियुक्त गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जारी गरिएको सूचनामा उल्लेख छ ।