काठमाडौं । अब कनेक्ट आइपीएस मार्फत हुने भुक्तानीमा निःशुल्क गर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस इ पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गर्ने व्यवस्था गरेको हो । उक्त सेवा चैत्र मसान्त सम्मकालागी रहेको जनाएको छ ।
मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेटरमोबाईल बैंकिङ च्यानल तथा अन्य अप्रत्यक्ष सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस इ पेमेन्ट प्रणाली मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।
बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो ।
कनेक्ट आइपीएस इ पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिने जनाएको । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मकोप्रति कारोबार रियल टाइममा गर्न सकिन्छ ।