
काठमाडौं । मेगा बैंकका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा प्रदान गर्ने भएको छ । सम्झौता पत्रमा मेगा बैंकको तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका तर्फबाट निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
















