काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । चैत २ गतेदेखि विक्रीमा आएको बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन चैत १६ गतेसम्म रहेको छ ।
बैंकले १० प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गरेको हो । २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र १२ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई विक्री गर्नेछ ।
बैंकको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकले निष्कासन गरेको ऋणपत्रलाई इक्रा नेपालले अधिक न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएए’ ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको देखाउँछ । न्यूनतम २५ यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ।