IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा चैत्र २७ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २७ गत वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल न्यू ईरा, बुटवल, कालिकापथ, रुपन्देहीमा हुने भएको छ। सभामा हाल कायम भएको चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर सहित १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

यसका साथै लघुवित्तको अधिकृत पुँजी वृद्धि गर्ने बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा छलफल हुने भएको छ। सभामा एक वा एकभन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

Esewa
Crest

सभाका लागि लघुवित्तले चैत १४ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। जसका लागि चैत १३ गतेसम्म कारोबार भई कायम रहेको शेयरधनीले साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS