काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । सोमबार घटेको अमेरिकी डलर मंगलबार फेरि बढेको हो । अघिल्लो दिन डलर एकको ११७ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११८ पैसा रहेको थियो ।
त्यस्तै, युरेपियन यूरोको खरिददर १३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर १३२ रुपैयाँ १८ पैसा रहेको छ । पछिल्ला दिनहरुमा कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलर र सुन बजारतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् ।