काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि चार लाख २० हजार कित्ता र इच्छुक लगानीकर्ताले न्युनतम दश कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवदेन दिन व्यवस्था गरेको छ ।
लगानीकर्ताले छिटोमा चैत्र २४ र ढिलोमा बैशाख ९ गते सम्म आवेदन दिन सकिनेछ ।कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।