काठमाडौं । छिमेक लघुवित्त वित्तीय सस्थाका केही सेयरधनीले ३८ हजार ९४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।लघुवित्तले शेयर बिक्री गर्न लागेका संस्थापक सेयरधनीको नाम भने खुलाएको छैन । छिमेक लघुवित्त वित्तीय सस्थाका केही सेयरधनीले ३८ हजार ९४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यो सेयर खरिद गर्न छिमेककै संस्थापक सेयरधनी हुनुपर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएको खण्डमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।