काठमाडौं । एनएमबि लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न चैत २६ गत वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।लघुवित्तको सो सभा सिटी स्क्वाएर पार्टी प्यालेस, न्यूरोड, पोखरामा हुनेछ । सभामा हाल (हकप्रद शेयर बाँडफाँटपश्चात) कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
सभामा मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव अघि बढाउने भएको छ । साथै लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।