काठमाडौं । नबिल बैंकले चैत २ गते (आज) देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ ।बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
बाँकी रहेको १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गर्नेछ । लगानीकर्ताले यसमा चैत ५ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ ।न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।