काठमाडौं । गुराँस लाइफ इन्स्योरन्सको चैत २० गतेबाट १ सय प्रतिशत हकप्रद सेयर खुल्ने भएको छ । इन्स्योरेन्सले प्रतिकिता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
लगानीकतर्ताले वैशाख १० गतेसम्म यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।जसका लागि फागुन २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने भएका छन् । कम्पनीको बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।