काठमाडौं । साताको अन्तिम दिन नेप्से ४५ दशमलव ९१ अंकले घटेर १,३७७ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २० करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । निर्जिवन बीमाको समूह सबैभन्दा बढी अंकले घटेको छ भने, जीवन बीमा २३७ अकंले घटेको छ ।नेपाल लाइफ इन्स्योरेनस कम्पनीले सबैभन्दा धेरै १९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले १ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएको छ भने स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतको दरले गुमाएका छन् ।