काठमाडौं । प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि रेटिङ गराएको छ ।बैंकको ऋणपत्रले “केयर एनपी ए माइनस” रेटिङ पाएको छ ।
बैंकले आठ बर्ष अवधिका लागि एक हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख ( सामूहिक लगानी कोष समेतको ) कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।यस ऋणपत्रको लागि १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ रहेको छ ।
बैंकले ऋणपत्र निष्कासन गर्न हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र बिक्रीमा आउनेछ ।