Connect IPS
IME Life

इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले भन्यो, ‘अफवाहको पछाडि नलागौं, स्वविवेक प्रयोग गरेर कारोबार गरौं’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनालगायतका विभिन्न अफवाहरुको लहैलहैमा लागेर मंगलबार नेपाल स्टकमा शेयर कारोबारमा भारी गिरावट आएपछि नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले त्यस्तो अफवाहरुको पछाडि नलाग्न आग्रह गरेको छ ।

लगानीकर्ताहरुले प्रेस बिज्ञप्तिमार्फत कोरोना वा जुनसुकै कारणबाट नेपालको आर्थिक अवस्थामा परिवर्तनहरु नदेखिएको र शेयरबजारमा प्रत्यक्ष असर पर्ने कुनै गतिविधि नहुँदा समेत शेयर मूल्यमा उच्च गिरावट आएको जनाएको छ । अनावश्यक हल्ला तथा अफवाहको कारण शेयर बजार दुर्घटनातर्फ अघि बढाउन खोजेपछि दुवै संघले मंगलबार संयुक्त बक्तव्यमार्फत संयमित भएर लगानी गर्न आग्रह गरेको हो ।

Prabhu
Crest

फोरमका उपाध्यक्ष तुलसीराम ढकाल तथा संघका उपाध्यक्ष तारा प्रसाद फुयालले संयुक्त रुपमा जारी प्रेस बिज्ञप्तिमा कोारेना लगायत अन्य सन्त्रास तथा यस सम्बन्धी नकारात्मक अफवाहहरुको पछाडि नलाग्न र आफनो स्वविवेकको प्रयोग गरी शेयर कारोबार गर्न आग्रह गरिएको छ ।

शेयर बजारमा नियामक निकायहरु क्रमश कार्यन्वयन हुँदै गरेको र पुँजीबजारमा कारोबार हुने कम्पनीहरुको नाफामा कुनै नकारात्मक प्रभाव नपरेको हुँदा अत्तालिएर शेयर बिक्री नगर्न समेत आग्रह गरिएको छ ।

साथै दुवै संस्थाले नियामक निकायहरुले यस्तो प्रवित्तिको कारण र अवस्थाको बारेमा सुक्ष्म विश्लेषण गरी समस्याको समाधानका उपायहरु तत्काल कार्यान्वयनमा ल्याई पुँजीबजारलाई यथाशिघ्र सकारात्क सम्बोधन गर्न माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS