IME Life New

ललितपुरको नखिपोटमा सिभिल बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकले ललितपुरको नखिपोटमा नयाँ शाखा विस्तार गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाट्न गरेका हुन् ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटि चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीएको थियो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्गद्वारा कम्युनिटि चाइल्ड केयर सेन्टरकी अध्यक्ष बिष्णु थापालाई प्रदान गरिएको थियो ।

Esewa
Crest

नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले नखिपोटमा शाखा स्थापनासंगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यकपर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

उ उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालकहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS