काठमाडौं । साताको अन्तिम दिन नेप्से ५ दशमलव ५० अंकले घटेर १,४३१ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७९ कम्पनीको ५९ लाख ४० हजार ५ सय ३३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
विकास बैंक, फाइनान्स, अन्य, लघुवित्त र जीवन बीमाको क्षेत्र बाहेक अन्य सबै उपसूचकमा गिरावट आएको छ ।नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
मन्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएको छ भने नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् ।