काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको संस्थापक शेयर बोलकबोल मार्फत बिक्रीमा ल्याएको छ ।
बैंकले नागरिक लगानी कोषमा रहेको १ लाख ६६ हजार ०३२ र सूर्या लाइफको ४१ हजार चार सय कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।
कोषको शेयरको न्युनतम मूल्य २ हजार र सूर्या लाइफको २७५ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि फागुन २९ गतसम्मे बोलपत्र पेश गर्नुपर्ने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
बैंकले यसअघि सूर्या लाइफमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव आब्हान गर्दा सबै खरिद नभएपछि पुनः प्रस्ताव गरेको हो ।
कम्पनीको सेयर खरिद गर्न योग्य व्यक्तिले फागुन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्तााको लागि आवेदन दिन सक्नेछन् । शेयर प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।