काठमाडौं । नबिल इक्विटी फन्डको प्रतिइकाइ मूल्य खुद सम्पती मूल्य (न्याभ) ६ पैसाले बढेको छ। माघ महिनामा कम्पनीको न्याभ १० रुपैयाँ २३ पैसा रुपैयाँ पुगेको छ। पुस महिनामा फन्डको न्याभ ९ रुपैयाँ ६३ पैसा रहेको थियो ।
फन्डमा सूचीकृत शेयरमा गरेको लगानी ७ दशमलव ०३ प्रतिशतले घटेर ६८ करोड ९१ लाख ४१ हजार २८ रुपैयाँमा आएको छ । अघिल्लो महिनामा फन्डमा ७४ करोड १३ लाख ७ हजार १ सय ४ रुपैयाँमा शेयरमा लगानी गरेको थियो ।