IME Life New

अपि पावरले पायो धितोपत्र बोर्डबाट हकप्रद निष्काशन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावरले ४७ प्रतिशत हकप्रद बिक्रिको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ः०४७ अनुपातमा ५६ लाख ५७ हजार कित्ता हकप्रद बिक्रि गर्ने अनुमति दिएको हो । कम्पनीको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

यस अघि कम्पनीले बोर्डमा १ः २ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता (२००) प्रतिशत हकप्रद शेयर बिक्रिको लागि बोर्डसँग अनुमति मागेको थियो । उक्त समयमा प्रकृया पूरा नगरेको हुँदा धितोपत्र बोर्डले अनुमति दिएको थिएन् । त्यसपश्चात् बोर्डले हकप्रद अनुमतिको पाइपलाइनबाटै हटाइदिएको थियो । सो हकप्रदलाई बोर्डले आज ४७ प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति दिएको हो ।

Esewa
Crest

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ ७ लाख रुपैयाँ रहेको थियो । हकप्रद बिक्रिपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS