IME Life New

सात महिनामा निर्जिवन बीमा कम्पनीहरुको व्यापार १५ अर्बमाथि, शिखर र सगरमाथा इन्स्योरेन्सको अग्रता कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ वटा निर्जिवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा १५ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समितिले तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघसम्ममा १९ वटा कम्पनीहरुले १५ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा २ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले सात महिनाको अवधिसम्मम १ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले माघ मसान्तसम्म्मा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब २३ करोड, प्रिमियर इन्स्योरेन्स १ अर्ब ११ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८ करोड रुपैया बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

करोडमा बीमाशुल्क आर्जन गर्ने कम्पनीहरु

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघसम्ममा प्रभु इन्स्योरेन्सले ९२ करोड रुपैयाँ, आइएमई लाइफले ८० करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ७३ करोड रुपैयाँ, हिमालयन जनरलले ७२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७१ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ६९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ५९ करोड रुपैयाँ , नेशनल इन्स्योरेन्सले ५१ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६0 करोड रुपैयाँअजोड इन्स्योरेन्सले ४९ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ३४ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS