IME Life New

किसान र दिव्य लघुवित्तलाई प्राप्ती गर्ने विषेश प्रस्ताव सहित एनआरएनले डाक्यो एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १६ गते साधारण सभा गर्ने भएको छ । एनआरएनले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने विषेश प्रस्ताव सहित प्रथम साधारण सभा गर्ने भएको हो ।

उक्त सभा होटल साथी प्रालि, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुने संस्थाले जनाएको छ ।

Esewa
Crest

सभामा किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्न शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने, मर्जसम्बन्धी हालसम्म भएका निर्णयहरु अनुमोदन गर्ने, मर्जपश्चात पूँजी संरचनामा हुने परिवर्तन हुने भएका कारण प्रबन्धपत्रमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

साथै लघुवित्तमा गाभिएका साविकको क्रिएटिभ र रामारोधन लघुवित्त वित्तीय संस्थाको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित लगायतका एजेण्डाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS