IME Life New

साधना लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुरको मनहरी गाउँपालिका हाडिँखोला शाखामा वित्तीय साक्षरता कार्यक्रम संम्पन्न गरेको छ । नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाको उपस्थीतिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै थापाले ग्रामिण भेगमा आर्थिक रुपान्तरणसँगै महिला सशक्तिकरणमा लघुवित्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताए । ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको ज्ञान भए मात्रै लघुवित्त कार्यक्रमले सदस्यहरुमा उद्यमशिलताको विकास भई उनीहरुको जिवनस्तरमा समेत सुधार हुने जानकारी गराए ।

Esewa
Crest

त्यसैगरी, राक्सिराङ्ग गाउँपालिका उपाअध्क्षय निर्मला हिम्डुङ्गले ग्रामिण विकासका लागि वित्तीय संस्थाहरुले महत्बर्पुण भुमिका निर्वाह गरेको हुदा वित्तीय सेवाको सही उपयोग गर्न सबैलाइ आबहान गर्नु भएको थियो साथै राक्सिराङ्ग गाउँपालिकाका अध्क्षय राम कृष्ण प्रजा, सुर्योदय मा.वि का प्रधानाध्यापक दिपक कार्कीले उक्त कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।

यसरी, वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सैवासँगै वित्तीय साक्षरता आजको आवश्यकता रहेको हँदा वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने वित्तीय संस्थाको उद्देश्य रहेको बताए ।

कार्यक्रममा संस्थाको प्रबन्धक सरिता ढकालले वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्घिका लागि वित्तीय सेवाको महत्वका साथै वित्तीय संस्थाको बचत तथा कर्जा योजनाको बारेमा जानकारी गराई उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्न प्रोत्साहन गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS