काठमाडौ। सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।उक्त सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले देशैभरी ८९ वटा शाखा, ९० वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकि सेवाहरु प्रदान गर्दै आएको छ ।