IME Life New

पुँजिबजारको अवस्थाबारे बहुपक्षिय छलफल, इन्साईडर ट्रेडिङ र चलखेल रोक्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली पुँजिबजारको विद्यमान अवस्था र सुधारका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा शुक्रबार राजधानी काठमाडौंमा बहुपक्षिय छलफल कार्यक्रम आयोजना गरिएको छ । नेपाल शेयर हबले आयोजना गरेको कार्यक्रममा शेयर लगानीकर्ता, शेयर बजार विश्लेषक, मर्चेन्ट बैंकर लगायत नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना तथा अन्य पदाधिकारी सहभागी कार्यक्रममा पँजिबजारको विद्यमान अवस्था, चुनौति र अवसरको बारेमा खुलेर छलफलमा सहभागी भएका छन् ।

धितोपत्र बोर्डका निर्देशक नारायण शर्माले कार्यपत्र प्रस्तुत गर्दै सुरुवात कार्यक्रममा पुँजि बजारका समस्या, लगानीकर्ताका पीडा तथा नयाँ सम्भावनाका लागि बोर्डले गर्नुपर्ने कामको विषयमा चर्चा गरेका छन् ।

Esewa
Crest

‘पुँजिबजार विकास र विस्तारको सम्भावना एवम् आगामी चुनौति विषयमा छलफल’ विषयक कार्यक्रम बोर्डकै सहयोगमा आयोजना गरिएको हो । बोर्डका निर्देशक शर्माले कार्यपत्र प्रस्तुत गर्दै १७ खर्ब १७ अर्बको पुँजि बजार विस्तार भएको जानकारी दिए । साथै उनले ४४२ वटा संस्थामाथि नियमनकारी निकायको हैसियतमा बोर्डले नियमन गर्दै आएको र अब नयाँ बस्तु विनियम समेत गर्ने कम्पनीहरुको पनि नियमन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

पुँजि बजारमा इन्साईडर ट्रेडिङ हुने गरेको गुनासो आउने गरेको, गैर आवासीय नेपालीहरुलाई पनि एउटा बिन्दु बनाएर इन्ट्री गराउनु पर्यो भन्ने सुझाव आएको बताए । उनले बोर्ड यतिबेला पुनर्संरचना तथा स्वायत्तताको लागि संघर्ष गरिहेको बताउँदै उनले लगानीकर्ताको हितमा बोर्डले काम गरिरहेको बताए ।

छलफल कार्यक्रममा लगानीकर्ता सहभागी कृष्ण जोशीले लगानीकर्तामा पुँजि बजारको ज्ञान कमी भएकोले सो विस्तार गर्न आवश्यक रहेको सुझाव दिए । उनले इन्साईडर ट्रेडिङ र झूठा सन्देश सामाजिक सञ्जालमा फैलाएर लगानीकर्ताहरुलाई आतंकित बनाउने काम गरेको समेत गुनासो पोखे । साथै उनले कम्पाण्डिङ इफेक्टबारे आम लगानीकर्ताहरुलाई सूसुचित गर्नुपर्ने समेत बताए ।

छलफलमा सहभागी दीपक शाक्यले परियोजनागत रुपमा ऋण दिने व्यवस्था बैंकहरुको ब्याजदर घटाउनुपर्ने बताए । उनले ब्याजदर घटेमा लगानीकर्ताहरुले थप लगानी गर्ने र पुँजिबजार अझै माथि जाने बताए । छलफल कार्यक्रममा सहभागी नवराज सुवेदीले अन्तर्राष्ट्रिय क्षेत्रले अनुशरण गर्न सक्ने पुँजि बजार विकासको आवश्यकता रहेकोमा जोड दिँदै बोर्डले चुनौतिलाई सामना गरेर अझै चलायमान पुँजि बजार विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट ग्रुपका नूमनाथ पौडेलले नयाँ जारी गर्न तयार गरिएको निर्देशिकाको मस्यौदाले पुँजि बजारलाई खुम्च्याउने प्रयास गरेको भन्दै फराकिलो सोचले अघि बढ्न सुझाव व्यक्त गरे । कार्यक्रममा ज्योति दाहाल लगानीकर्ताहरुको बर्गिकरण गर्न माग गरे । त्यस्तै उनले म्यूचुअल फण्ड म्यानेजमेन्टका कारण स्थिति भयावह बन्न सक्नेतर्फ सचेत गराए । कार्यक्रममा सहभागी अर्का बक्ता दीलिप मुनाकर्मीले बोर्डले विद्यमान सञ्चालनमा ल्याएको केही प्रावधानहरुको निर्मम समीक्षा गर्नुपर्ने बताए ।

त्यस्तै, पुँजि बजारबारेको छलफलमा सहभागी विनोद पन्तले पँजि बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रवेश गराउन भूमिका खेल्नुपर्ने सुझाव अघि सारे । त्यस्तै ब्रोकर कम्पनीको आईपिओ रोकिनुको कारण प्रष्ट पार्न आग्रह गरे । कार्यक्रममा सहभागी शेयर बजार विश्लेषक एआर भट्टराईले नेपालको पुँजि बजार भगवानको भरोसामा रहेको भन्दै व्यङ्ग्य गरे । त्यस्तै मेरो लगानीका अतिलाल श्रेष्ठले नेपालको पुँजि बजारमा टी प्लस थ्रिलाई संशोधन गर्नुपर्ने, अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा फरक कोण राख्दै पुँजि बजार विशेषज्ञ कृष्ण गिरीले बस्तु विनिमय गर्ने कम्पनीमाथि ढिलाई गर्न नहुने धारणा राखे । उनले नेपालमा दैनिक ४२ किलो खपत हुने सुन, चाँदी लगायतका बस्तु तथा नेपालबाट निर्यात हुने अदुवा, अलैची लगायतका बस्तु बस्तु विनिमयमार्फत गर्न सकिने धारणा राख्दै बस्तु विनिमय गर्ने कम्पनीमाथि तत्काल नियम गर्नुपर्ने बताए । धितोपत्र बोर्डले बस्तु विनिमय ऐन बन्नु अघि नै दर्ता भई सञ्चालनमा आएका कम्पनीहरुलाई चिन्दिन भन्नु नैतिक रुपमा नमिल्ने तर्क गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएर नियमन गरिनुपर्ने सुझाव अघि सारे । साथै गिरीले स्टक डेरिभेटिभ सञ्चालन गर्ने सम्बन्धमा पनि काम भइरहेको बताए ।

छलफल कार्यक्रममा अजय कुमार शाह, अजय श्रेष्ठ, सन्दिप राणा, दिपेश बैद्यलगायत सहभागी थिए । कार्यक्रम पछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले पुँजि बजारको विकार र विस्तारको लागि काम गर्दै लगानीकर्ताको हितलाई ध्यानमा राखेर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS