IME Life New

मेगा बैंकद्धारा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंकले कालिकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागी वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी दिएका थिए  ।
साथै सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर विश्वकर्माले विद्यार्थी र शिक्षकहरुलाई वित्तीय जागरण गराएकोमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तौ कार्यक्रमको निरन्तरताका लागि आग्रह गरे ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS