IME Life
GBIME

मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा शैक्षिक सामाग्री वितरण

SPIL
NIC ASIA new
NLIC


काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छाता पिपराले पर्साका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा १ देखि ३ कक्षासम्म अध्ययनरत ८० जना छात्रछात्राहरुलार्ई शैक्षिक सामाग्री वितरण गरेको हो ।

Crest

उक्त बिद्यालयका प्रद्यानाध्यापक निकु कमार चौरसिया र पर्सागढी माई नगरपालिका ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेती र ४ का वडाध्यक्ष समसुदिन देवान लगायतको सयुक्त रुपमा सो बिद्यालयकाबालबालिकाहरुलाई झोला, पेन्सिल, कपि लगायत अन्य शैक्षिक साम्रागी बितरण गरेको हो ।
शैक्षिक सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दैै पर्सागढी माई नगरपालिका ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेती आर्थिक अवस्था न्युन भएका बिद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन मिल्नुका साथै शैक्षिक स्तरमा समेत सहयोग पुग्ने बताए ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुराउदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS