काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले सुगन्ध थलसेमिया प्रोजेक्टलाइ २ लाख ५९ हजार सहयोग गरेको छ । थलसेमिया रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्योपचारका लागि उक्त संस्थालाई बैंकले सो सहयोग प्रदान गरेको जनाइएको छ ।
श्री आदर्श मावि, विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउन्ड टेबल ११ द्वारा आयोजित कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।