काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ७९ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । फाइनान्सको नाफा ६ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा फाइनान्सको १२ दशमलव ४७ प्रतिशतले बढेको छ ।
गत बर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी बढेको छ । फाइनान्सले पुस मसान्तसम्ममा १४ करोड ६ लाख ४१ हजार रुपैयाँ पुराएको छ । गत बर्षको सोहि अवधिमा फाइनान्सले १२ करोड ५० लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
साथै फाइनान्सको संचालन नाफा ८ करोड ६३ लाख ६४ हजार रुपैयाँबाट वृद्धि हुँदै ९ करोड ७१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ भने, जगेडा कोषमा २१ करोड ६६ लाख १० हजार रुपैयाँ संचित रहेको छ ।