काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बिक्रि प्रबन्धकमा बिओके क्यापिटललाई चयन गरेको छ । कम्पनीले शेयर निष्कासनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।मंगलबार फइनान्सको बिक्रि प्रबन्धकको लागि दुई पक्षबीच सम्झौता भएको हो ।
फाइनान्सले हाल १: २ को अनुपातमा २ सय प्रतिशतको दरले हकप्रद शेयर निष्कासन गर्न लागको हो । जसको लागि फाइनान्सले पुस २९ गते साधारणसभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको थियो ।