IME Life New

चौतारी लघुवित्तद्धारा १३ शाखा कार्यालयको अर्ध बार्षिक समिक्षा गोष्ठि,जोखिम व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रोल्पा । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोल्पा,गुल्मी,अर्घाखाँची,प्युठान र दाङमा रहेका १३ वटा शाखा कार्यालयहरुको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त तालिम दाङको भालुवाङमा सम्पन्न गरेको संस्थाले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशि,बित्त तथा सुचना प्रबिधी विभाग प्रमुख ज्ञानिश्वर पन्तको उपस्थिती तथा अनुगमन अधिकृत कौशल खड्काको उद्घोषण रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले लघुवित्त सिमान्तकृत समुदायको आर्थिक,सामाजीक तथा शैक्षिक प्रगतीकालागी भएको चर्चा गर्नहुदै संस्थाले सामाजीक कार्यलाई केन्द््रमा राख्दै लोक कल्याणका लागी काम गरेको जानकारी दिए ।

नायब कार्यकारी अधिकृत हरिकृष्ण जोेशिले सक्षम र उत्प्रेरित कर्मचारीले मात्र सेवाग्राही सदस्यहरुलाई प्रभावकारी रुपले सेवा प्रबाह गर्न सक्ने भएकाले कर्मचारी तथा सेवाग्राही सदस्यहरुलाई निरन्तर तालिम आयोजना गरिने बताए ।

कार्यक्रममा वित्त ब्यवस्थापन बारेमा वित्त तथा सुचना प्रबिधी विभागका विभागीय प्रमुख ज्ञानिश्वर पन्त,
संचालन जोखिम ब्यवस्थापन बारेमा अनुगमन अधिकृत कौशल खड्का र कर्जा व्यवस्थापन बारेमा अनुगमन अधिकृत रोहित बहादुर वलीले तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS