IME Life New

बार्षिक करोडौ कमाई हुने ‘एक्चुअरी मुल्यांकनकर्ता’ बन्न नेपालीको ध्यान किन पुगेन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा बीमा क्षेत्रको ‘एक्चुअरी अर्थात् बीमांकीय मुल्यांकन’ गर्ने जनशक्ति शुन्य रहेको छ, हाल सम्म कुनै पनि नेपाली नागरिकले ‘एक्चुअरी बिज्ञानमा बिग्यता हासिल गरेको प्रमाण छैन। विश्वमा नै कम जनशक्ति रहेको एक्चुअरी/बीमांकीय मुल्यांकनको पढाई अन्य बिषयको तुलनामा महँगो तथा गार्हो समेत हुन्छ। नेपालमा बीमांकीय मुल्यांकनकर्ता उत्पादन गर्ने शैक्षिक संस्था नहुदाँ नेपाली एक्चुअरी शुन्य भएको हो। नेपाली एक्चुअरी नहुँदा विदेशी जनशक्तिबाट बीमांकीय मुल्यांकन गर्दा नेपाली बीमा कम्पनीहरुको ठूलो धनराशी बाहिरिने गरेको छ, भने लामो समय समेत लाग्ने गरेको छ ।

बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु जस्तै बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनस दर निर्धारण गर्न एक्चुअरी आवश्यक पर्दछ । बीमांकीय मुल्यांकन जीवन बीमा कम्पनीहरुको लागि अपरिहार्य रहेको छ, भने निर्जिबन बीमामा समेत यो आवश्यक पर्दछ।
उच्च पारिश्रमिक पाउने यो पेशाको लागि बिदेशिहरुले काम गर्दै आइरहेका छन्, हाल नेपालको बीमा क्षेत्रमा करिब २ दर्जनको हाराहारीमा विदेशी एक्चुअरीहरु कार्यरत रहेको बीमा समितिसम्बद्ध श्रोतले जानकारी दिएको छ, बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिमा पनि बिदेशी एक्चुअरीहरु कार्यरत रहेका छन् । निजि स्तरका बीमा कम्पनीहरुले गरेको बीमांकीय मुल्यांकनको पुनरप्रमाणित गर्नको लागि बीमा समितिले एक्चुअरीहरु राखेको हो ।

Esewa
Crest

बीमा क्षेत्रमा मात्र नभएर वित्तीय क्षेत्रको कुनै पनि लगानी जोखिमको विश्लेषण तथा पूर्वानुमानका लागि एक्चुअरी अनिवार्य रहन्छ । वित्तीय क्षेत्रको जोखिम मूल्याकंन गर्ने नेपाली बीमांकीय मुल्यांकनकर्ताको अभावले गर्दा भारत लगायत अन्य देशका मुल्यांकनकर्ताको भर पर्दा नेपालको ठुलै रकम बाहिरीदै आएको छ।

कति हुन्छ बीमांकीय मुल्यांकनकर्ताको कमाई ? 
सामान्यतया एक जना एक्चुअरी मासिक दश लाख भन्दा बढी पारिश्रमिक लिने गरेका छन्, भने एकजना बीमांकीय मुल्यांकनकर्ता धरै कम्पनीमा समेत आबद्ध हुन सक्छ। विश्व बजारमा एक्चुअरीको बार्षिक कमाई १ लाख ५० हजार देखि २ लाख ५० हजार डलर सम्म हुने गरेको छ ।

एक्चुअरीको बारेमा थप जानकारीको लागि ‘Institute and Faculty of Actuary’ बेलायतको जानकारी…

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS