काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्ममा १ अर्ब ३० करोड खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोडरुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड खुद नाफा कमाएको थियो ।
९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा पुस मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा ८६ करोड ५९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले २ अर्ब १६ करोड खुद ब्याज आम्दानी र १ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३९ करोड र सञ्चालन मुनाफा २२ करोड ९२ लाख रुपैयाँले बढी हो ।
यस अवधिसम्ममा बैंकले ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ । बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ ।