काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारण सम्पन्न भएको छ । बैंकको २२ औ बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश पारित गरेको छ ।
सभाले पुँजीको १५ प्रतिशत बोनस सेयर र सो को कर प्रायोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
बैंकको हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनस सेयरपश्चात् बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्नेछ।