काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
साथै संस्थाको खुद ब्याज आम्दानी १०१ प्रतिशतले बढेको छ भने, संचालक नाफा ९१४ प्रतिशतले बढेको हो । गत बर्ष संस्थाको खुद ब्याज आम्दानी १ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने संस्थाले यस त्रैमाससम्ममा बढाएर २ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुराएको छ ।
त्यस्तै संस्थाले संचालक नाफा ६ लाख ४३ हजार रुपैयाँबाट वृद्धि गरेर १ करोड ९३ करोड ८१ हजार रुपैयाँ पुराएको छ ।हाल संस्थाको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ४९ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।