IME Life New

दोश्रो त्रैमासमा वाणिज्य बैंकको राम्रो सुरुवात हुन सकेन, ३ बैंकको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । माघ १५ गते सम्म ६ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, सानिमा, लक्ष्मी र नेपाल बैंक रहेका छन्।

६ वाणिज्य बैंक मध्ये एनआईसी एसिया बैंकले खुद नाफा ३३ दशमलव ४० प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने सानिमा बैंकले खुद नाफा १६ दशमलव ८४ प्रतिशत वृद्धि  गर्न सफल भएको छ। एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद मुनाफा गरेको छ भने सानिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ। त्यस्तै लक्ष्मी बैंकको खुद मुनाफा २४ दशमलव ७६ प्रतिशतले वृद्धि हुँदै ९० करोड ३० लाख पुगेको छ।

Esewa
Crest

सिद्धार्थ बैंक, सिटिजन्स बैंक र नेपाल बैंकको खुद मुनाफा भने घटेको छ। सिद्धार्थ बैंकको खुद मुनाफा ४ दशमलव ०१ प्रतिशतले घट्दै १ अर्ब २ करोड पुगेको छ भने सिटिजन्स बैंकको खुद मुनाफा १० दशमलव ७३ प्रतिशतले घट्दै ६८ करोड ७७ लाख पुगेको छ। त्यस्तै नेपाल बैंकको पनि खुद मुनाफा १८ दशमलव ६० प्रतिशतले घटेको छ। नेपाल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ३५ करोड खुद मुनाफा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS