IME Life New

मध्यम जोखिम, उच्च प्रतिफल भएको कुमारी बैंकको डिबेन्चर किन्ने भोलि अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यमस्तरको जोखिम भएको कुमारी बैंकको डिबेन्चर किन्ने सोचमा हुनुहुन्छ भने भोलि अन्तिम दिन हो । गत पुष १४ देखि कुमारी बैंकले १० वर्षे अवधिको केबिएल डिबेन्चर २०८६ निष्काशन सुरु गरेकोमा सोमा आवेदन दिने भोलि माघ १४ गते अन्तिम दिन रहेको छ । १०.२५ प्रतिशतको उच्च ब्याज प्रतिफल प्रदान गर्ने यो ऋणपत्र अहिलेको धितोपत्र बजारमा सुरक्षित प्रतिफल लिएर लगानी गर्न चाहनेको लागि एकदमै उत्कृष्ट लगानी औजारको रुपमा रहेको छ ।

Esewa
Crest

कुमारी बैंकले जारी गरेको यस ऋणपत्रका लागि क्रेडिङ रेटिङ एजेन्सी इक्राले मध्यमस्तरको जोखिम मात्रै रहेको भनी एलबीबीबी प्लस रेटिङ प्रदान गरेबाट समेत यो ऋणपत्रमा कम जोखिम रहेको देखिन्छ । साथै इक्राले ऋणपत्र निस्काशन गर्ने कुमारी बैंकलाई समेत ट्रिपल बि रेटिङ प्रदान गरेको छ । यो रेटिङको अर्थ उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तिय दायित्व पूरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने संस्थाको रूपमा लिइन्छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ निष्कासन तथा बिक्री प्रबन्धक रहेको यो ऋणपत्र आगामी माघ १४ सम्म मात्रै बिक्रीमा रहेको छ । प्राथमिक निष्काशनका बखत प्राथमिक बजारमा खरिद गर्न पाइने यस्ता ऋणपत्रहरु आवश्यकता परेको खण्डमा दोश्रो बजारमा बिक्री गर्न पाउने व्यवस्था रहेको हुँदा सुरक्षित लगानी गर्न चाहने लगानीकर्ताहरुले हाल निष्कासनमा रहेका ऋणपत्रहरु आइपिओको माध्यमबाट खरिद गरी लगानी गर्न सक्नेछन ।

विकसित देशहरुमा ऋणपत्रको आईपिओलाई उच्च प्राथमिकताका साथ खरिद गरिरहेका हुनछन् । त्यसैले पनि क बर्गका बैंकहरुले जारी गर्ने डिबेन्चरहरुको धेरै महत्व हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS