काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी मार्फत बिक्रीमा ल्याएको शेयरमा आवेदन दिने आज (माघ १२ गते) अन्तिम दिन रहेको छ ।
लघुवित्तले माघ ५ गतेदेखि १ लाख ८ हजार ७ सय ३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको थियो । सो शेयर खरिदका लागि आजसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
कम्पनीले यसअघि कात्तिक २४ गतेदेखी मंसिर २९ गतेसम्म २४ लाख ३० हजार ९३.७५ (१५० प्रतिशत) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयमा सबै बिक्री नभएपछि बाँकी रहेको सेयर अब लिलामीमा ल्याइएको हो ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सेभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिने जनाएको छ ।