काठमाडौं । महालक्ष्मी बैंकले आफनो ग्राहकहरुको स्वास्थ्य सेवा प्रदान गर्नको लागि चिरायु नेशनल हस्पिटल एनड मेडिकल ईन्स्टिच्यूटसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापक प्रमुख प्रकाश घिमिरे र अस्पतालका संचालन निर्देशक चण्डेश्वर एन.आर. वैद्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् बैंकका ग्राहक, कर्मचारी, संस्थापक, शेयरधनीहरुले चिरायु नेशनल हस्पिटलमा कर्मचारीको परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत, उपचार प्रकियामा अधिकतम १५ प्रतिशत रोगको निदानमा अधिकतम १२ प्रतिशत र औषधीउपचारमा ५ प्रतिशतसम्म आकर्षण छुट पाउने व्यवस्था गरिएको छ ।