Connect IPS
IME Life

नविल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोडले अनुमति दिएको छ । कम्पनीहरुले ऋणपत्र निष्काशनको बोर्डल माघ ६ गते सोमबार अनुमति दिएको हो ।

नबिल बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । ऋणपत्र निष्काशन तथा विmत्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका अंकित दरका २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ ।

Prabhu
Crest

निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्सले वार्षिक १२ प्रतिशत व्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्न अनुमति पाएको हो । ऋणपत्र निष्काशनका लागि फाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

फाइनान्सले निष्काशन गर्ने ऋणपत्रमा लगानीकर्ताले वार्षिक १२ प्रतिशत ब्याजदर सात वर्षसम्म निरन्तर पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS