काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ ७ गते बुकक्लोज गर्दैछ त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश दावी गर्न सक्नेछन् ।
बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले सञ्चालक समतिले निर्णय गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने छ ।