काठमाडौं । विन्ध्यवासिनि हाइड्रोपावर लिमिटेडले २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले अंकित मूल्य १ सय रुपैयाँको दरमा २५ लाख कित्ता शेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न आईतबार बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसेकेको छ । कम्पनीले ८दशमलव ८ मेगावटको रुदीखोला ए हाईड्रोइलेक्ट्रिक र ६ दशमलव ६ मेगावटको रुदीखोला बि हाइड्रोइक्ट्रिक संचालनमा आएको छ ।